Sunday, December 20, 2015

जय होस् सरकारको

बयान गर्न सक्ने भए के मज्जा त्यो भावानाको
जीवनमा भकुण्डो सरी खेलिएको त्यो सम्भावनाको
त्यो भेल जो पीडाको आखामा देखेर पनि नजरंदन्दाज थियो
लाग्यो सरकारको नियति भएर नै त्यो मजबुरी को संघ्या दियो

Friday, December 18, 2015

तिमी

तिम्लाई धेरै राम्री भएर हैन मन पराएको
धोका र जाल झेल गरि हैन तिम्लाई मैले पाएको
तिम्रो मनको सुन्दरता ले हो मलाई लोव्यएको
निन्द्रा र भोक हराउने रोग तेसै हैन लागेको
लागेन कहिले पनि तिम्लाई गुमाएको
तर गुमाउछु भनेर मात्र हो म डराएको
कति दिन त म तिम्रै सपना मा हराएको
सुते पनि तिम्रै नाम हो रे मैले बर्बराएको
सुते पनि तिम्रै नाम हो रे मैले बर्बराएको

Thursday, September 10, 2015

यात्रा

यात्रा

त्यो रातको अधेरोमा बाटो खोज्दै थिए
मनको मैन बालि आशाका साथ घुम्ति रोज्दै थिए
सपनिमा बाटो देखाउनेको बारे सोच्दै थिए

नभन्दै बिपनिमा देखेको अनौठो भान भयो
भगवान भेटाए भनेर मेरो ठुलो शान भयो
जिवनको हरेक खुसि त्यतै दान भयो

अब त उज्यालोमा नि देख्न छोडियो
आस्था केही बाकि रहेन मन मोडियो
जब मनलाई निमोठेर सबै बाचा तोडियो

त्यहि पनि गुनासो केही भएन
पुजेर सुखि बनाउने रहर मेरो पूरा भएन
आफ्नो भक्तलाइ रुवाएर सुखि हुने देवतालाइ मेरो भन्नु केही रहेन
आफ्नो भक्तलाइ रुवाएर सुखि हुने देवतालाइ मेरो भन्नु केही रहेन।।

Saturday, July 25, 2015

नरिसाइदेउ न मेरो साथी

नरिसाइदेउ न मेरो साथी
तिमी अझै मेरो जिवनमा धेरै माथी
साथ त के होलाउ जब पुग्छौ हामी साठी
हुन त सक्दैनौ होला मेरो बुढेशकालको लाठि
तर आयौँ हामि साथसाथ क्यौ पल काटि
साथ दियौ एक आर्कालाई आफ्नो दुखसुख साटि
छौ तिमी मेरो नजरमा धेरै नै जाति
मन दुखाए तिम्रो छु म धेरै नै अजाति
एक पलमा दुखि थिए म पनि मेरो मन फाटि
तर नसोच्नु कि माया गर्न छोड्नेछु ए लाटि
छौ तिमी धेरै नै जाति
फर्काइ ल्याउ तिम्रो मुस्कान है मेरो साथि
तिमि अझै मेरो जिवनमा धेरै धेरै माथि
बरु म नै संसार छोडिदिम्ला मेरो हात काटि
छैन मलाइ बाँच्ने रहर तिमिलाइ दुखि बनाइ राखि
रुदै आए जन्मने बेला अब चाहान्छु जान हासि हासि
तर सक्दिन जान थाहा पाइ दुखि बनाएको सबैलाइ
लाग्थ्यो मन साटेको थियौ त्यसैले लोभि थिए बाच्न लाई
तर अब केही गुनासो छैन
बुझिसके माया पाउनु नै सबथोक होइन
माया गुमाएपनि साथि गुमाएको छैन
एउटा दुख मात्र छ मनमा
म तिम्ले सोचको जस्तो भइन
तर खुसि हुनेछु तिम्रो खुसिमा
हैन मैले कहिले ढाटेको छैन
तर फेरि भन्छु हेर साथि
तिमी मेरो लागि धेरै माथि
त्यसैले बस्नु कुनै कुरा नढाटि
छौ तिमी धेरै नै जाति
त्यसैले पनि सक्दिन म बस्न कुराकानि नसाटि
मुस्कुराउन थाल भुलि पुराना कुरा
थाहा छ मलाइ पनि कत्ति कुरा हुन्छन छुरा
कति कुरा कहिले पनि हुदैनन पूरा
छैन म अरु जस्तो सुरा त्यसैले केहि गल्ति भए माफि गरिदिनु सम्झि छ भुरा
अनि नसोच्नु कहिले एक्लो आफुलाइ
हुनेछु साथ सधै जसरि मन्जुर तिमिलाइ
जीवनमा एउटा पाठ सिकेको छु
दुखि कसैलाइ नबनाउने कसममा टिकेको छु
अब त खुसि हुनु ल साथि
मेरो अन्तिम ईच्छ्या तिमी पुग धेरै माथि

सुन्दर उनको मुस्कान

सबसे सुन्दर उनको मुस्कान
लाग्छ कतै हराए जस्तो
दुनिलाइ हसाउन सक्ने त्यको खुबि
लाग्छ कतै लुकाए जस्तो
को हुन ति परि आकाश बाट झरे जस्तो
बन्छिन अन्जान उनी आफ्नो सुन्दरता थाहै नपाए जस्तो
बोली मीठो झनै उनको
कोइलिको कुहु कुहु भन्दा भाव भएको
कति बडेमानको मुटु झनै माया सबैको छ रहेको

Monday, June 22, 2015

के कमि थियो

के कमि थियो ममा मलाइ छोडि दुख रोज्यौ
सकिन म तिम्रो राजकुमार हुन त्यसैले आज अरुनै खोज्यौ
तारा ल्याउन नसकेनि पर्यास छोड्ने थिइन मैले
मुटुलाइ नै फ्याकि हिड्यौ त्यहि पनि आशु झर्न दिइन मैले
सजिलै भुलि ती सगै बिताएका पल तिमिले टुक्राएको मुटु फिर्ता लिइन मैल
सजिलै भुलि ती सगै बिताएका पल तिमिले टुक्राएको मुटु फिर्ता लिइन मैले

के कमि थियो ममा मलाइ छोडि दुख रोज्यौ
सकिन म तिम्रो राजकुमार हुन त्यसैले आज अरुनै खोज्यौ
आज नि मन दुख्छ फाटेको मन झन धव्जा भयो
अनगिनति चोटहरु मनमा डेरा जमाइ नै रहयो
जतिनै पीडा भएपनि यो माया गर्ने मनले हरपल सह्यो
जतिनै पीडा भएपनि यो माया गर्ने मनले हरपल सह्यो

के कमि थियो ममा मलाइ छोडि दुख रोज्यौ
सकिन म तिम्रो राजकुमार हुन त्यसैले आज अरुनै खोज्यौ
रगतको खोला बगाइ दिन्थे आज मेरै आशुको खोला बगायौ
पीडा माथि पीडा थप्न तिम्ले यसपालि धेरै सघायौ
मेरो मुटुलाइ एक्लै पारि आफ्नो मुटु कताकता भगायौ
मेरो मुटुलाइ एक्लै पारि आफ्नो मुटु कताकता भगायौ

Tuesday, June 16, 2015

तिम्रै पर्खाइमा

तिम्रै पर्खाइमा जिवन मेरो अधुरो भएको थाहै भएन
सपना सबै असंम्भवमा परिणत भएको थाहै भएन
थियो जीवन खुसिले भरिपुर्ण मेरो
कमि थियो त केवल तिम्रो साथको
आज त्यो आशा पनि मरिगयो
जिवनमा मेरो नैरास्यता छरिगयो

केवल एक मुस्कानमा


केवल एक मुस्कानमा जित्यौ मेरो मन
हासिदियौँ मुख छोपेर लठ्ै भइगँए झन
तिमी विना लाग्छ सधै यो एक्लोपन
साथ मेरो तिमी भए चाहिन्न दुनियाको कुनै धन
पर्खाइमा नराख मलाइ नगर मायाको मुल्यांकन

Sunday, June 14, 2015

नसोध मलाइ

नसोध मलाइ कति माया गर्छु भनि
म ब्रह्माण् भन्दा ठूलो केही भन्न सक्दिन
केवल यो आखाँमा डुब्यौ भने तिम्रै तस्विर पाउनेछौ
यो मनमा नियाल्यौ भने तिम्रै बास भेटाउनेछौ

आजकल

आजकल म तिम्रो नाम लिइ कराउछु
राति निद्रामा पनि तिम्रो नाम बरबराउछु
दिनभरि त तिमिसँग बिताएको पल सम्झिदै टोलाउछु
सपनिमा देखे भने रुदै रुदै बोलाउछु |

सोध्यौ किन

सोध्यौ किन पिउदिन म रक्सि
तर आफ्नै आसुँ प्यारो छ मलाइ
बरु त्यहि पिउनेछु आफ्नै मन जलाइ
छरिसके मट्टितेल त अब कोरिदेउ न तिमी सलाई ।।

मन यो मेरो टुक्राटुक्रा हुदाँ

मन यो मेरो टुक्राटुक्रा हुदाँ
कहा गयौँ तिमी तिम्रो पर्खाइमा रुदा
भन्थ्यौ कहिल्यै साथ छोड्दिन
खोइ कहाँ छौ तिमी आज म एक्लो हुदाँ

हे ईशवर

हे ईशवर माग्छु केवल केहि कुरा
पुर्याइदिने बाचा गर नत्र रोप्नेछौ मेरो भक्तिमा छुरा
छैन मेलाई कुनै घर पैसा वा गाडिको रहर
सक्छौ भने गर मेरो मुटुको टुक्राको स्यहार
ल्याइदेउ उनको जीवनमा खुसिको बहार
हटाउदेउ उनको दुख र कष्ट
गरिदेउ उनको शत्रुहरको नष्ट
गरेनौ भने फेरि सुन मेरो कुरा प्रष्ट
हे ईशवर माग्छु केवल केहि कुरा
पुर्याइदिने बाचा गर नत्र रोप्नेछौ मेरो भक्तिमा छुरा

नरुनु जब हुन्न म यहाँ

नरुनु जब हुन्न म यहाँ
बरु खुसि हुनु जब सुन्छौ मेरो आवाज
म हुनेछु त्यो आकाशमा ताराहरुको माझ
तिमिलाइ मुस्कुराएर हेरिरहेको हरेक साझ
बिदा हुने बेला भएन कुनै दुखाइ
त्यसैले रोइ नबस्न भन्छु तिमिलाइ
केवल हासँिदिनु हेरेक पल्ट जब सम्झन्छौ मलाइ

Saturday, June 13, 2015

तिमी बिना


तिम्रो सन्देश बिना बिहानिको सुरुवात गर्न मन लाग्दैन
तिम्रै सन्देश बिना रातको
अन्त्य गर्न मन लाग्दैन
किनकि हरेक पल चाहान्छु सुरुवात तिमिसगैँ होस् र अन्त्य पनि
मेरो जीवन तिमिलाइ नै सम्र्पण अनि
बाच्न चाहान्छु त केवल तिम्रो यो साथको लागि
तयार छु म आउन तिम्रो अंगालोमा संसारका हरेक मोह त्यागि|

मनका सारा माया लुटाउछु

सधै उनको यादमा टोलाउदै
उनलाई आफ्नो सपनिमा बोलाउदै
म उनको सामिप्यताको आन्नद उठाउछु
मनका सारा माया लुटाउछु

माया तिमिलाइ धेरै गर्छु भन्ने कुरा जान्नु

सानू माया तिमिलाइ धेरै गर्छु भन्ने कुरा जान्नु
तिमिले पनि अचल माया गर्छौ मलाइ यो कुरा मान्नु
मेरा नराम्रा कुरा बाट सबै कुरा छान्नु
गल्ति गरे पनि तिम्रै हो म बिस्तारै हान्नु
टाढा गए तिमिबाट आफु नजिकै तान्नु
मेरो माया धेरै भएपनि तिमी आफैले धान्नु

के के भयो

तिमी नहुदा त मन खोक्रो बाँस सरि भयो
मन कुनै कुनामा बसेर रोइरह्यो
आफैलाई आफुभित्र खोज्न पनि हम्मेहम्मे भयो
तिम्रै यादले दिनरात सताइ नै रह्यो
अरुका अगाडि त यसले सारा पीडा सह्यो
तर अन्धरातमा आसुका बेगले सिरानि भिजाइ गयो ।
 

हैन यो कुरा झुट

हैन यो कुरा झुट
कि माया गर्नेछु तिमीलाइ अटुट
दिने छैन तिमिलाइ जान
बरु चाहान्छु आफुसँगै लैजान
हराउँदै एकअर्काको मायामा
सधै राख्नेछु तिमिलाइ मेरो मायाको शितल छायाँमा
आखाँको तारा हौ तिमी मेरो
र मेरो अगाँलो तिम्रो खुसिको घेरो
तिम्रो केशको संसारमा लुकाइदिनु मलाइ
अोठले मेरो गालालाइ चुमि नजानु मेरो अोठलाइ जलाइ
समीप आएर बसिदिनु तिमी आखाँमा आखाँ मिलाइ
नशामा डुबाइिदनु तिमीले आफ्नो मायाको सोमरस पिलाइ|

हो म हारेको छु

दिन दिनै खाना र निद्रा बारेको छु
केही नराम्रो बानि पनि पारेको छु
हो म हारेको छु
जिबनको सबै मोह अब मारेको छु
मुटुबाट मायाको यादहरु सारेको छु
हो म हारेको छु
यो दुखको समयमा सङ्घर्ष मैले छाडेको छु
घाउहरु ती भुलाउन आशुका सहायताले टारेको छु
हो म हारेको छु/