Thursday, September 10, 2015

यात्रा

यात्रा

त्यो रातको अधेरोमा बाटो खोज्दै थिए
मनको मैन बालि आशाका साथ घुम्ति रोज्दै थिए
सपनिमा बाटो देखाउनेको बारे सोच्दै थिए

नभन्दै बिपनिमा देखेको अनौठो भान भयो
भगवान भेटाए भनेर मेरो ठुलो शान भयो
जिवनको हरेक खुसि त्यतै दान भयो

अब त उज्यालोमा नि देख्न छोडियो
आस्था केही बाकि रहेन मन मोडियो
जब मनलाई निमोठेर सबै बाचा तोडियो

त्यहि पनि गुनासो केही भएन
पुजेर सुखि बनाउने रहर मेरो पूरा भएन
आफ्नो भक्तलाइ रुवाएर सुखि हुने देवतालाइ मेरो भन्नु केही रहेन
आफ्नो भक्तलाइ रुवाएर सुखि हुने देवतालाइ मेरो भन्नु केही रहेन।।

No comments:

Post a Comment