Sunday, January 29, 2017

नसोच्नु कहिलै आफ्नो जीवन आफै लिने

होला तिमीलाई कति पिडा 
भन्न सक्दिन कति मन दुखेको होला तिम्रो 
सोच्न नि सक्दिन तिमि कुन दुखमा बाच्नुपरेको 
तर जब म कुनै आमालाई देख्छु सन्तान आफ्नो गुमाएको 
त्यो बोल्छ फेरी भन्दै उनको मनले चित्त नबुझाएको 

तब आशुका भेल फेरि बग्न थाल्छन 
लाग्छ कि किन माया गर्नेको बारे सोच्न छोडीहाल्छन 
अनि नबनाऊ भन्छु आफुलाई त्यति एकोहोरो 
हौ तिमि आमाबुवाको प्यारो छोरी वा छोरो 

बरु बनाऊ मित्र तिम्रा कुरा सुनिदिने 
तिम्रा दुखमा रोइदिने र खुसिमा हासिदिने 
ति देउता सरि आमाबुवा जो जीवन दिने 
सम्झी नसोच्नु कहिलै आफ्नो जीवन आफै लिने 
#suicideAwareness 

Tuesday, June 7, 2016

ईम्प्ति

सास फेरेकै छु तर
यो सासमा अझै त्यो भावना
रोएर रित्तिसकेको यो जीवन
अब ब्यर्थ लाग्छ कुनै पहल
सम्हालिन खोज्छन यी पाइला
कतै काडामा टेकिएको स्मरण
बलियो त भयो
तर खोक्रिएको मन
कहिले सही कहिले गलत 
कहिले कठिन त कहिले सरल
यो बाटोमा घोरिएर जीवनको
बित्ने छ यी सारा पल
न सुख न दुख
केवल एक भोकमा अडिएको



Wednesday, February 24, 2016

जब पर्छ झरि मन रमाउछ यसैगरी

जब पर्छ झरि मन रमाउछ यसैगरी 
झरिले सम्झाउछ घरि घरि
त्यो चन्चल मनको मनपरि
झुटो कि साचो थिइन ती परि
गित त गाएकै हुन वर सरि सरि
जिवनलाइ सजाइदिएको मुस्कान छरि
डुबेको आखामा भुलेर सबै वरिपरि
उडेको मन त्यो चरि सरि
रुझ्दै मायाको वर्षातमा धर्धरि
ए झरि न झरिदेउ यसरी

Friday, February 12, 2016

अब भयो भन्छु

अब भयो भन्छु
फेरी पनि टोलाई रहन्छु
कैले सुक्ने हो यो आखा को भेल
बाढी सरि बग्दैछ आएर जीवनमा
के सोच्दा होलान मलाई सबैले
देवदास नै देखिन्छस त जहिले
कति खुसि थियिस त पहिले
धेरै दुखि न हो अहिले
अब त भयो भन्छु
फेरी पनि टोलाई नै रहन्छु
बिहान उठ्दा चर्केको मन
रति सुत्ने बेला दुख झन्
के गरु कसलाई भनु हुन्छ
अनि फेरी तेसै तेसै मन रुन्छ
मनले अनेकौ ति कथाहरु बुन्छ
यो पिडा सुन्न त सबैले सुन्छ
तर सबै आफ्नै पिडा मै हुन्छ

Sunday, January 24, 2016

हे जन्मदाता

हे जन्मदाता तिमिलाइ कोटि कोटि पर्णाम
नसोच्नु कि सम्झिन्छ यसले मलाइ वर्षको कबेल एक साझ
नसोच्नु कि किन पुकार्छ यसले मलाइ वर्षको कबेल एक साझ
होला म स्वार्थी एक मगन्तेको रुप लिएर आउछु तिम्रो माझ
यो कुरा स्विकार्न लाग्दैन मलाइ कुनै लाज
हे जिबनदाता तिमिलाइ कोटि कोटि पर्णाम
जीवन त दियौं तिमिले चुकाउन सक्दिन होला त्यको भार
तिमी अन्नत सँग मेलै धेरै पहिले नै मानि सकेँ हार
कसैलाइ धेरै प्रिय बनाए खोसि लग्ने तिम्रो त्यो अनौठो बानि
छ एउटा मेरो पनि कोहि मान्छे ठुलो भएपनि लाग्ने सानि सानि
बडेमानको मुटु उनको कसैलाइ गर्न नदिनु उनको हानि
बनाइ राख्नु उनलाइ सबैभन्दा बढि माया गर्नेको रानि
अब आफै लेख्न दिनु उनलाइ आफ्नो जीवनका पानाहरु
हरेक पाइलामा साथ दिनु , सकुन उनले पुर्ण गर्न हरेक पर्यासहरु
पुरा हुन उनका हरेक सपनाहरु र जपनाहरु
आज फेरि कुनै खुसियालिको महोत्सव सरि मनमा उमंग छायो
गुमाउन त यो मनले के के गुमायो तर एउटा सच्चा सारथि त पायो
धन्य होस् तिमिलाइ जन्मदाता र जिवनदाता

हरफ केहि

अबुझि त हैन म प्रिय तर मनले बुझ्न चाहेन
चाहेन उसले देख्न त्यो कारण जसका कारण बलि चढ्यो मेरो मायाको
बरु सजिलो लाग्यो आफ्नै गल्ति सोचि बस्न
किनकि आशा त बाचेकै हुन्थ्यो तिमी आउने फर्केर
अहिले हर हरफमा तिमिलाइ नै देख्छु
कसैको रचनामा तिमिलाइ नै पाउछु
मेरो बिपनामा अाएर सपना भन्दा मीठो बनाइदिनेको बयान म कसरी गरु
यो जन्ममा मिलन नभए केही छैन अर्को जन्ममा होस तिम्रो लायक भएरै बरु

Saturday, January 16, 2016

एक यत्रि तिमी

थाहा छैन काहा जाने हो
एक यात्रि अन्जान सहरमा
चाहानाको बिचमा रुमलिएको जिवनलाइ मोडेर
मायाजालको संसारबाट पर जान खोज्छ

र खोज्छ यसले सान्ति र मौनता

जीवन एक सोचमा सिमित रहदै
हासोका बिच अनगिन्ति पीडा सहदै
आखामा लुकेको तर मनमा आसु बहदै
थाहा छैन काहा जान्छौ यात्रि
विस्वास तिम्रो मृत अवस्थामा
मनमा नभेको दियो त जलाउ पहिले
त्यति ढिला त भएको छैन अहिले
रगतको नाता सरि मायाको खोला बगायौँ
मायाले जित्छु भन्ने अठोटका साथ कहिले
हिड्यौ अगाल्दै सबैलाइ जहिले
एक यात्रि तिमी
हरायौ कैयो यात्रिका बिच
पीडा खोसि दिन खोज्यौ खुसि अनगिन्ति
अन्यथा नसम्झिन कति गर्यौ बिन्ती
जीवन नजलाउ तिमी कसैको निम्ति
गर्न छोडिदेउ घाउको गिन्ति
हासिदेउन एक फेर केवल मेरै निम्ति
हासिदेउन एक फेर केवल मेरै निम्ति
एक यत्रि तिमी